जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ चुनावी माहोलले तातेको छ। उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन। यस पटक कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री खनाल र नेकपा (एमाले) नेता अधिकारीबीचको रस्साकस्सीले कपिलवस्तुको चुनावी माहोललाई थप रोचक बनाएको हो। मङसिर ४ गते हुने निर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर रहेका खनाल र अधिकारी अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा हुनुहुन्थ्यो।
पछिल्लो समय मौसम खुलेसँगै घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । सहर बजारभन्दा पनि गाउँसम्म पुगेर ग्रामीण परिवेशमा रमाउने पर्यटक बढ्दो छ । कास्कीका मुख्य पर्यटकीय गाउँमा यतिखेर पाहुनाको घुइँचो लागेको छ । दसैँतिहारको बिदा सकिएलगत्तै कास्कीको घान्दु्रक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेगाउँलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभएको छ। निर्वाचन आयोगले यस पटकदेखि निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिको अवधिलाई मौन अवधि नभनी प्रचारप्रसार गर्न नपाउने अवधि भनेको छ।
डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ। स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन्। यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन सकेका छैनन्। शनिबार मरेको चितुवा फेला परेपछि त्यसमा धामीलाई सवार गराएर मन्दिर लगेका थिए। त्यसको सुरुवात भने अझै एक दुई दिनअघिकै हो। स्थानीयका अनुसार अजयमेरु गाउँपालिका–६, कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते शुक्रबार मेला लाग्यो। त्यसको अघिल्लो दिन बिहीबार रतेडी (राति लाग्ने) मेला लागेकोमा २५ गते दिउँसेडी (दिउँसो लाग्ने) मेला भव्यतासाथ सम्पन्न भयो। गाडेश्वरीमा आठ वर्षपछि पूजाआजासहित मेला लागेको हो।
विद्यालयबाट छुट्टी मनाउन ललितपुरको फुल्चोकी जङ्गल पुगेका चार जना विद्यार्थी बाटो बिराएर हराएपछि ११ घण्टापछि प्रहरीले उद्धार गरेको छ । काठमाडौँको मूलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी शनिबार फुल्चोकीमा घुम्न गएका थिए । विद्यालयका नौ जना शिक्षकसहित घुम्न गएका विद्यार्थीमध्ये चार जना दिउँसो करिब २ बजे फर्किने क्रममा हराएका थिए । विद्यार्थी समूहबाट छुट्टिएर छोटो बाटो रोज्ने क्रममा खोटाङका नारायणकुमार भट्टराई, अर्घाखाँचीका अशोक विक, दोलखाका अर्जुन विक र मकवानपुर हेटौँडाका रमेश विष्ट जङ्गलमा हराएका थिए ।
नेपालमा बालबालिका तथा युवा अवस्थामै मधुमेह लाग्नेको सङ्ख्या बढदै गएको छ । मधुमेह रोग विशेषज्ञ डा. सन्तोष शाक्यले कम उमेरमै मधुमेह भएर उपचारका लागि बिरामी आउने गरेको बताउनुभयो । अस्वाभाविक खानपानले सुगरको मात्रा धेरै भएर बालबालिका तथा युवामा मोटोपनको समस्या हुने र मधुमेह रोग देखिने गरेको बताउँदै उहाँले आफूकहाँ उपचार गर्न आउने बिरामीमा युवा अवस्थाका समेत रहेको बताउनुभयो । उहाँले मधुमेह रोग वंशाणुगत हुने भन्दै मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो । बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको उहाँको भनाइ छ ।
नेपालजस्तो विकासोन्मुख देशमा मस्तिष्क मृत्युपछि गरिने अङ्गदानलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिइएको छ । शनिबार र आइतबार सम्पन्न ‘दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन’मा मस्तिष्क मृत्युुपछि हुने अङ्ग प्रत्यारोपणमा पनि जोड दिइएको छ । अङ्ग प्रत्यारोपणसम्बन्धी अनुभव आदानप्रदान गर्न तथा नेपालको अङ्गदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताइएको छ ।
औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्दै आएका दुुईवटा नेपाली उद्योगको औषधि बिक्री वितरणमा रोक लगाएको छ । विभागले आइतबार सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन रहेको भन्दै तत्काल बिक्री वितरणमा रोक लगाएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँका सबै मतदान केन्द्र मतदातामैत्री बनाइने भएको छ । मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी जिल्लाका मतदान केन्द्रलाई मतदातामैत्री बनाउन लागिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । मतदान गर्न आउने अपाङ्गता, अशक्त, ज्येष्ठ नागरिकले सहज रूपमा आवतजावत गर्न सक्ने गरी मतदान केन्द्र निर्माण गर्न लागिएको हो । काठमाडौँमा प्रतिनिधि सभाको १० वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको २० वटा क्षेत्र रहेका छन् भने ३२० वटा मतदान स्थ
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिनुभएको छ ।
भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।