• १२ असोज २०८१, शनिबार

मतदान अधिकृतहरुलाई प्रशिक्षण

blog

बिन्दु थापा  

पाल्पा, कात्तिक २७ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक अधिकृतलाई पाल्पामा अभिमुखीकरण तालिम दिइएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत कमलराज विष्टका अनुसार निर्वाचनलाई पारदर्शी र सन्तुलित बनाउनमा सहयोग पुगोस् भनेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । ११८ मतदान स्थल र २४६ मतदान केन्द्र रहेको पाल्पाका मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरण कार्यक्रम मार्फत प्रशिक्षित गरिएको छ ।

दुई लाख एक हजार तीन सय २६ मतदाता रहेको पाल्पामा १ हजार ९ सय ७२ कर्मचारीलाई खटाइने प्रमुख निर्वाचन अधिकृत विष्टले बताउनुभयो ।