• १० वैशाख २०८३, बिहिबार

गुल्मीमा राहदानी घरदैलोमै वितरण हुने

blog

सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी र हुलाक प्रमुख। तस्बिर :रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, वैशाख १० गते। गुल्मीमा राहदानी घरमै पुर्‍याउन जिल्ला प्रशासन र हुलाक बिच सम्झौता भएको छ। 

सङ्घीय सरकारको १०० दिने कार्यसूची अनुसार समावेश गरिएको घरमै सेवा पुर्‍याउने कार्यक्रम अनुरूप यो सम्झौता गरिएको हो।

 बिहीबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र जिल्ला हुलाक कार्यालय प्रमुख खेतबहादुर खत्रीबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै यो सेवाका लागि सम्झौता भएको हो।

 यो सम्झौता बिहीबारदेखि नै लागु भएको छ। पहिलो पटक रेसुङ्गा नगरपालिका वडा नम्बर९ ११,१२ र १४ वडामा यो सेवा पुग्ने छ।

 १७ जनाको राहदानी बोकेर हुलाक कर्मचारी घरघरमै पुग्नुहुने छ। प्रमुख जिल्ला अधिकारी गैह्रेले स्पष्ट खाका, स्रोत र पर्याप्त साधन अभावका बिच पनि केन्द्रीय कार्यसूची अनुसार कार्यक्रम अगाडि बढाइएको बताउनुभयो।

 “पहिलोपटक हामीले राहदानी घरघरमै पुर्‍याउन लागेका छौँ, उहाँले भन्नुभयो, “अन्य सेवाहरू पनि थप प्रभावकारी र एकीकृत ढङ्गबाट अगाडि बढाउँदै छौँ।”

राहदानी प्राप्त गरेपछि सेवाग्राहीले हुलाक दस्तुर प्रति राहदानी ५५ रुपियाँ निर्धारण गरिएको छ। बिहीबारदेखि सम्झौतापछि सुरु हुने यो सेवा थप प्रभावकारी बनाउँदै अगाडि बढाउने योजना जिल्ला प्रशासन कार्यालय गुल्मीको छ।