• १० वैशाख २०८३, बिहिबार

विश्व पुस्तक दिवसमा जिल्ला प्रहरी कार्यालयका लागि पुस्तक हस्तान्तरण

blog

जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण ।

बसन्त पराजुली

नारायणगढ, वैशाख १० गते । विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा बिहीवार सम्पूर्ण किताब नारायणगढले जिल्ला प्रहरी कार्यालय चितवनलाई पुस्तक हस्तान्तरण गरेको छ ।

प्रहरी हिरासत (थुनुवा) कक्षमा रहेका थुनुाका लागि सम्पूर्ण किताबले पुस्तक उपलब्ध गराएको हो । प्रहरीले थुनुवा कक्षमा पुस्तकालय निर्माण गरेको छ ।

सम्पूर्णका सञ्चालक लेखराम सापकोटाले २० हजार रुपियाँभन्दा बढी मूल्यका विभिन्न पुस्तक प्रहरी उपरीक्षक गोविन्द पुरीलाई हस्तान्तरण गरेको  जानकारी दिनुभयो ।

सञ्चालक सापकोटाले थुनुवा व्यक्तिको दैनिकी सहज बनाउन र आचरण सुधारमा पुस्तकले  सहज हुने धारणा राख्नुभयो । प्रहरी प्रमुख पुरीले पुस्तकबाट प्राप्त हुने ज्ञान र चेतनाले व्यक्तिको व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।