• १२ असोज २०८१, शनिबार

एसभट र बायोकल–डी औषधि बिक्रीमा रोक

blog

काठमाडौँ, कात्तिक २८ गते  । औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्दै आएका दुुईवटा नेपाली उद्योगको औषधि बिक्री वितरणमा रोक लगाएको छ । 

विभागले आइतबार सूचना जारी गर्दै लोमस फर्मास्युटिकल्स र बायोजेन रेमिडाइज प्रालिले उत्पादन गरेको औषधि गुणस्तरहीन रहेको भन्दै तत्काल बिक्री वितरणमा रोक लगाएको हो ।

विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना परीक्षणमा लोमस फर्मास्युटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी (भिटामिन डीथ्री) नामको औषधि न्यून गुणस्तरको फेला परेपछि बिक्री वितरणमा रोक लगाएको छ । ती उद्योगमार्फत बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभट काठमाडौँको गोठाटारमा उत्पादन हुने गरेको थियो । यी औषधि क्याल्सियम तथा भिटामिन ट्याब्लेट हुन् । 

विभागका सूचना अधिकारी सन्तोष केसीले विभागले सम्बन्धित उद्योगका आयातकर्ता तथा तिनका प्रतिनिधिलाई उक्त औषधि फिर्ता गर्न निर्देशन दिइसकेको जानकारी दिनुुभयो । लोमस फर्मास्युटिकल्सले उत्पादन गरेको एसभट (भिटामिन सी) र बायोजेन रेमिडाइज प्रालिको बायोकल–डी (भिटामिन डीथ्री) नामको औषधि न्यून गुणस्तरको फेला परेकाले बजारमा बिक्री वितरण भएको पाइएमा कारबाही हुने पनि उहाँले जानकारी दिनुुभयो ।