शहरका मुख्य सडकमा रहेको अव्यवस्थित तारहरु व्यवस्थापनको काम सुरु भएको छ । काठमाडौंको अनामनगर र सिंहदरवार क्षेत्रमा रहेका अव्यस्थित तार व्यस्थापनको काम सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा गोरखा जिल्लाको दुई वटा क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
काठमाडौं, कात्तिक २८ गते । अभिनेता प्रदीप खड्काले भारतको 'ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'मा 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको छ । अभिनेता खड्काले फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ 'डेब्यु अभिनेता'को अवार्ड जित्नुभएको हो ।अवार्डका लागि अभिनेता प्रदीप र 'प्रेमगीत-३' का निर्माता अहिले भारतको आगरामा छन् । 'प्रेमगीत-३' भारत लगायत अन्य देशमा पनि प्रदर्शन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयमा दुई दिनदेखि भन्सारको काम हुन नसक्दा भारतबाट आएका सयौं मालबाहक गाडी भन्सार कार्यालय यार्डमा थन्किएका छन् ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई २–१ गोलले हरायो । अकोृ खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले नै स्तब्ध बनायो ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि तेह्रथुममा विभिन्न दलका उम्मेद्वारहरु चुनावी माहौल बनाउन मतदाताको घरदैलोमा रहनुभएको छ । तर मतदाताहरुलाई भने धान भित्र्याउने चटारो छ । अधिकांश मतदाताहरु खेतमा व्यस्त छन् ।
ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सरे एफसीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले अक्जिर एफसीलाई ५–० गोलले हरायो ।
सुनसरीमा निर्वाचन प्रचारप्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिक स्थानमा राखिएका तोरण, ब्यानर, झण्डा निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना, रोजगारलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
निर्वाचन आयोगले मङ्सिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पाँच जनालाई कारबाही गरेको छ ।
कतारमा मङ्सिर ४ गतेदेखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि इरानले २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
सरोकारवालाहरुले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्न नहुने बताएका छन् ।
यूएईविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६३ रन बनाएको हो ।