• १२ असोज २०८१, शनिबार

अक्जिरमाथि पीएसजीको सानदार जित

blog

अक्जिरविरुद्ध गोलगरेपछि पीएसजीका केलियन एमबाप्पे । तस्बिर : युरोस्पोर्ट्स

काठमाडौं, कात्तिक २८ गते । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अक्सरे एफसीमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले अक्जिर एफसीलाई ५–० गोलले हरायो ।

पीएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गर्नुभयो । पहिलो हाफमा एक गोल गरेको पीएसजीले दोस्रो हाफमा चार गोल थपेको थियो । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीले १५ खेलबाट ४१ अङ्क बनाएको छ ।

पीएसजीले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । पराजित अक्जिर १३ अङ्कसहित १७औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको लेन्सको ३६ अङ्क छ । आइतबार राति नै भएको खेलमा लेन्सले क्लियरमोन्टलाई २–१ गोलले हरायो । एजेन्सी