• १२ असोज २०८१, शनिबार

नेपाललाई यूएईले दियो दुई सय ६४ रनको लक्ष्य

blog

यूएईविरुद्ध विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, कात्तिक २८ गते । यूएईविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली यूएईले नेपाललाई जितका लागि दुई सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६३ रन बनाएको हो ।

यूएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाउनुभयो । मुहमद वासिमले ४४, भ्रित्य अरभिन्दले ४०, एलिसन साराफुले २९, अहमेद राजाले अविजित २७, आयन हफ्जल खानले २६ र बसिल हामिदले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झाले दुई विकेट लिनुभयो। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । नेपाल र यूएईबीच तीन खेलको एकदिवसीय सिरिज आयोजना गरिएको हो । दुई टोलीबीच बुधबार दोस्रो र शनिबार तेस्रो तथा अन्तिम खेल हुनेछ ।


यूएईविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालका अर्जुन साउद र हरिशङ्कर साहले डेब्यु गर्नुभएको छ । अर्जुनले यसअघि टी–२० अन्तर्राष्ट्रिय खेलबाट नेपालका लागि डेब्यु गरिसक्नुभएको थियो । हरिशङ्करको नेपालका लागि राष्ट्रिय टोलीमा डेब्यु हो ।