• ४ वैशाख २०८३, शुक्रबार

केक काटेको आरोपमा चार जना पक्राउ

blog

देवराम यादव 

सप्तरी ,बैशाख ४ गते ।सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कङ्कालिनी मन्दिर प्राङ्गणमा तरबारले केक काटेपछि चार जना पक्राउ परेका छन् ।

जिल्लाको भारदहस्थित कङ्कालिनी मन्दिर प्राङ्गणमा तिरहुत गाउँपालिका ५ बुधेवा का २३ वर्षीय मो। इमरानको जन्म दिन मनाउने क्रममा तरबारले केक काटिएको थियो ।

बैशाख २ गते साँझ भेला भई तरबारले केक काटेर जन्म दिन मनाएका उहाँलाई ३ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इमरानसहित हनुमाननगर कङ्कालिनी नगरपालिका १ का २० वर्षीय धर्मवीर मालाकार, १८ वर्षीय करण कुमार दास र १९ वर्षीय गोविन्द खड्का छन् ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजका प्रहरी निरीक्षक अनिल कुमार साहले जानकारी दिनुभयो ।