• ४ वैशाख २०८३, शुक्रबार

श्रोत नखुलेको रकमसहित दुई पक्राउ

blog

नेपाल भारत सिमा नजिकबाट श्रोत नखुलेको रमक सहित दुई जना पक्राउ ।

सञ्जय कुमार मिश्र 

गौर, वैशाख ४ गते । रौतहटको राजदेवी नगरपालिका वडा ८ सोफियामाई सिमा इलाकाबाट श्रोत नखुलेको ५ लाख २२ हजार रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई व्यक्तिलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.वेलविछवाको गस्ति टोलीले राजदेवी नपा ८ सोफियामाई सिमा ईलाकामा सानो सिमा स्तम्भ नंं. ३४३-२ देखि पूर्व तर्फ भारतबाट नेपाल आउँदै गरेको बिआर ०६ए ६२०२नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

मोटरसाइकलमा सवार व्यक्तिको खानतलासी गर्दा भारत सितामढी जिल्ला बस्ने ४५ वर्षीया नजिर नटको साथबाट नेपाली तिनलाख २२हजार र सर्लाही जिल्ला घर भएका ५५ वर्षीया मुम्ताज अंसारीको साथबाट दुईलाख ४सय ९० रुपियाँ श्रोत नखुलेको बरामद भएको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म गौरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर विष्टले बताउनुभयो ।

उनीहरुले रकमको श्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाही लागि गौर भंसार बुझाइएको समेत उहाँले जानकारी दिनुभयो ।