• ९ मंसिर २०८१, आइतबार

गोरखाका दुई निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा

blog

काठमाडौं, कात्तिक २८ गते । प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा गोरखा जिल्लाको दुई वटा क्षेत्रमा २२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्र नं.१
यस क्षेत्रमा नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा नौ पुरुष र एक महिला छन् । १२९ मतदान स्थल र १७१ मतदान केन्द्र रहेको जिल्लामा एक लाख १५ हजार ३९७ कुल मतदाता छन् । जसमा ५७ हजार ३७५ पुरुष र ५८ हजार २२ महिला मतदाता छन् । उम्मेदवारको समावेशी विवरणअनुसार आदिवासी जनजाति ३० र खस आर्य ७० प्रतिशत छन् ।


क्षेत्र नं.२
गोरखा क्षेत्र नं.२ मा १० राजनीतिक दल र दुई स्वतन्त्र गरी १२ जना उम्मेदवार छन् । यस क्षेत्रमा १२ जना पुरुष उम्मेदवार मात्रै छन् भने महिला उम्मेदवार शून्य छन् । ९३ मतदान स्थल र १४६ मतदान केन्द्र रहेको जिल्लामा एक लाख पाँच हजार २४० मतदाता छन् । जसमा ५२ हजार ३९९ पुरुष र ५२ हजार ८४१ महिला मतदाता छन् । उम्मेदवारको समावेशी विवरणमा खस आर्य ६६.६७, मुस्लिम ८.३३ र आदिवासी जनजाति २५ प्रतिशत छन् ।

इन्फोग्राफ : निर्वाचन आयोग नेपाल