चीनले अन्तरिक्ष स्टेसनको लागि आपूर्तिहरू पुर्याउन शनिबार बिहान कार्गो अन्तरिक्ष यान तियानझाउ–५ प्रक्षेपण गरेको छ । अन्तरिक्ष स्टेसनको निर्माण यसै वर्ष पूरा हुने अपेक्षा गरिएको छ ।
दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्नुहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु चितवन आइपुग्नुभएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ।
नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
कात्तिक महिनाको तेस्रो साताको समय, मुलुकमा चुनावी उत्सवले उत्साहितहरू आ–आफ्नै धुनमा थिए । यही चुनावी उत्सवकै समय पारेर वर्षौंदेखि हुँदै आएको सिर्जना उत्सवले अर्को रौनक थपियो । यही उत्सवमा सहभागी हुन केही स्रष्टा एउटै थलोमा मिसिन पुगे । विगत १५ वर्षदेखि निरन्तर भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानको यसपालिको कलासाहित्य यात्रा पाल्पामा गर्ने र कास्की र गुल्मीको सद्भाव भ्रमण पनि हुने खब
औँला समाएँमैले कान्छी छोरीको दुर्ग यात्रामा ।सजिलो छैन जीवन बुझ्न पनियात्रा दुःखीको ।कस्तो मुस्किल डाँडाको घाम छुनदोबाटो किर्नु ।जताततै छपोखरी जिन्दगीकोडुबुल्की मार्न ।हाँस्नु पनि तयात्राको शुभारम्भउठ मान्छे हो ।
झरी पर्छ आँखाहरूमा उदाउँदैन जून फर्कन्छु भन्थ्यौ प्रियतम तिमी फर्केनौ किन ? झरी पर्छ.......
बिक्रमभक्त जोशी उन्नाइसवटा कथा लिएर ‘चोभार ब्लुज’ शीर्षकको पहिलो कथा सङ्ग्रहमार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखापर्नुभएको छ । उहाँको यो पहिलो कथाकृति भए पनि यसभित्र सङ्गृहीत प्रत्येक कथा अतुलनीय अनि अभिनव पनि बन्न सकेका छन् । एक्काइसौँ शताब्दीको समय–सन्दर्भको आजको नेपाली समाजको देश, काल, परिस्थिति, वातावरण आदिका सापेक्षतामा लेखिएका यसभित्र सङ्गृहीत कुनै पनि कथा कृत्रिम र बोझिला लाग्दैनन् ।
धेरै वर्ष भो बस चढ्न थालेको! थाहा छैन, अझै कति वर्ष चढिरहनुपर्छ। थाहा छैन, कहिलेसम्म यो बस यात्रामा जोडिनुपर्छ। थाहा छैन, बस मेरा लागि कुन दिनसम्म साथी–सँगाती भइरहन्छ। बस चढ्न खोज्नेका धेरै अनुहार अचेल निकै सम्झिन्छु। ती अनुहारका पछाडि जोडिएका पेसा, स्वभाव, अड्डी, रहर र व्यवहार सम्झिँदा निकै उल्लासका लहर पोखिन्छन् छातीभरि ।
मानिसको बौद्धिक स्तर कुन किसिमको छ भनेर बुझ्न उसले पढ्ने गरेको पुस्तकबाट थाहा हुन्छ। मानिसमा जुन किसिमको बौद्धिक स्तर छ, सोही किसिमको पुस्तक हुन्छ, उसको कोठामा । दार्शनिक मिचेल फुकोका भनाइअनुसार “सूचनाले सङ्कथन (डिस्कोर्स) सिर्जना गर्छ र सङ्कथनले ज्ञान निर्माण गर्छ।”
पछिल्लो समय नेपाली सिनेमाको क्षेत्रमा एउटा यस्तो सिनेमाले प्रवेश पाएको छ, जुन सिनेमा नेपाली वीरताको यथार्थ घटनामा आधारित छ। सन् १८१४ मा नेपाल र अङ्ग्रेजबीच नालापानी किल्लामा भएको युद्ध र त्यस युद्धमा नेपालीले देखाएको वीरता र साहसको गाथालाई विषयवस्तु बनाएर तयार भएको सिनेमा हो– नालापानी।
सर्लाहीमा मङ्सिर ४ को निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको छ। निर्वाचन आयोगबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र र मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो।
मोरङको पथरीशनिश्चरे–१० मा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सय घर धुरीको एउटा सानो बस्ती छ। नजिकै जोडिएको बस्तीसँग भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाज मिले पनि उनीहरूलाई सङ्घीय गणतान्त्रिक मुलुकको चुनावले कहिल्यै छुँदैन। २०४८ यता उनीहरूले धेरैवटा चुनाव देखे। छेउको बस्तीका मानिसहरू विभिन्न दलका झण्डा बोकेर हिडेको देख्दा उनीहरूलाई पनि त्यही हुलमा मिसिन मन लाग्थ्यो। शरणार्थी भएका कारण उनीहरूले आजसम्म मताधिकार के हो भन्ने बुझेका छैनन्।
गण्डकीका केही जिल्लामा भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा चुनौती देखिन सक्ने सुरक्षा बैठकमा औँल्याइएको छ । गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा पोखरामा आयोजित संयुक्त सुरक्षा गोष्ठीमा सो कुराको जानकारी दिइएको हो ।