प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित कार्यक्रममा दलका नेता र उम्मेदवारले विकास निर्माणका प्रतिबद्धताभन्दा आरोप प्रत्यारोपमा अधिक समय दिने गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारले निर्वाचित भएपछि कस्तो ऐन कानुन निर्माण गर्ने भन्नेबारेमा न मतदाता र समाजका अगुवासँग छलफल नै गर्छन् न त निर्माण गर्न बाँकी रहेका ऐन कानुन बनाउने नै भन्छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका नयाँ अनुहार मात्र होइन, यसअघि निर्वाचित भएकाले समेत प्रतिनिधि सभा र प्रदेश सभाबाट बन्न बाँकी रहेको ऐन
बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक दिग्गजबीच प्रतिस्पर्धा भइरहेको छ। स्थानीय जनताले उच्चस्तरमा ठानेका नेकपा (एमाले)को चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।
चीनको सिमानामा पर्ने दोलखाको बिगु गाउँपालिका–१ का लप्ची गाउँवासी भोट माग्नसमेत कुनै पनि राजनीतिक दलहरू नआउने गरेकोमा दुःखित छन्।
गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुली जिल्लामा पछिल्लो समयमा धानबाली भित्र्याउन किसानको रोजाइमा थ्रेसर मेसिन लोकप्रिय बन्दै गएको छ। परम्परागत रूपमा खेतालाको भरमा धानबाली भित्र्याउँदै आएका सिन्धुली जिल्लाका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन्। काम गर्ने खेताला पाउनै मुस्किल र पाए पनि महँगो साथै समय पनि धेरै लाग्ने भएकाले धान भित्र्याउन थ्रेसर मेसिन प्रयोग गर्न थालेको किसानले बताएका छन्।
मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटक आगमन बढेको छ। आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै यहाँका होटल र पर्यटन व्यवसायमा चहलपहल बढेको छ।
५० प्रतिशत युवाले मात्रै आफूलाई राजनीतिक रूपमा सचेत रहेको सोच्ने गरेको अध्ययनले देखाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र २८ प्रतिशत महिला छन् । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले गरेको अध्ययनले यस्तो तथ्य औँल्याएको हो । देशका एक हजार ८० युवामा गरिएको अध्ययनले १३ प्रतिशत युवाले आफू राजनीतिमा सक्रिय रूपमा संलग्न भएको बताएका थिए ।
निर्वाचनसँग सम्बन्धित सूचना सर्वसाधारणसम्म पु-याउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगले कल सेन्टर सञ्चालन गरिरहेको छ। आयोगले सञ्चालनमा ल्याएको टोल फ्री नं. ११०२ मा सर्वसाधारणले कल गरेर निर्वाचनसँग सम्बन्धित जिज्ञासाहरू राख्न सकिने आयोगले जनाएको छ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका प्रतिष्ठानले कार्यस्थलमा हुनसक्ने हिंसा र दुव्र्यवहार रोक्न कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उद्योग प्रतिष्ठानभित्र हुन सक्ने हिंसा र दुव्र्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीले कार्यस्थलको हिंसा र दुव्र्यवहार रोक्ने प्रतिबद्धता जनाएका हुन्।
कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ। निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन।
साथीले रड प्रहार गर्दा तनहुँमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको शुक्ल गण्डकी नगरपालिका–४ दुलेगौडा बस्ने २४ वर्षीय विराम आलेको मृत्यु भएको हो ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति काठमाडौँले उपत्यकाका नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिन समय दिएको जनाएको छ ।
आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन महत्वपूर्ण हुने बताउनुभएको छ।
नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारु बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण (सेफल्यान्डिङ) गराउनुपर्यो।”
काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा परीक्षण (रोड सेफ्टी अडिट) गर्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अग्नि नियन्त्रकका लागि सुरु भएको दुईदिने सडक सुरक्षा तालिमको शुभारम्भ गर्दै सडक सुरक्षा परीक्षण गरिने बताउनुभएको हो ।