प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएका भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ । महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाका भित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो ।
गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रति मतदातालाई ऊर्जा प्रदान गर्न आम सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । उहाँले मतदान गर्ने दिन नजिकिँदै गएकाले मतदान गर्ने तरिकालाई समाचारमा प्रस्फुटित गर्न पनि आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनकाे समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।
प्रारम्भिक ब्याट्सम्यानद्वय जस बट्लर र एलेक्स हेल्सले शानदार ब्याटिङ गरेपछि इङ्ग्ल्यान्डले बिहीबार भारतलाई एकपक्षीय खेलमा १० विकेटले हराएर विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। इङ्ग्ल्यान्डले आइतबार हुने उपाधि भिडन्तमा पाकिस्तानको सामना गर्नेछ। सो खेल खेल्दा इङ्ग्ल्यान्ड र पाकिस्तान दुवै दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्ने दाउमा हुनेछन्। पाकिस्तानले सन् २००९ मा र इङ्ग्ल्यान्डले सन् २०१० मा विश्वकपको उपाधि हात पारेको थियो।
उत्पादन लागतमा वृद्धि भएअनुसार दूधको मूल्य नबढ्दा बागलुङका दुग्ध उत्पादक कृषक मर्कामा परेका छन्। गाई–भैँसीका लागि आवश्यक पर्ने दाना, चोकरको मूल्य बढे पनि दूधको मूल्य वृद्धि नहुँदा किसान घाटाको व्यापार गर्न बाध्य भएका हुन्। बजार मूल्य र किसानले पाउने दूधको मूल्य आधाभन्दा बढी फरक छ। बागलुङको जैमिनी नगरपालिका–१, कुस्मीशेराका विकास पौडेलले भन्नुभयो, “सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपियाँ आउँछ। त्यही दूध बजारमा १२० रुपियाँमा बिक्री हुन्छ। दुई वर्ष पहिले दूधको मूल्य ५० रुपियाँ पथ्र्यो र पनि किसानको लागत उठ्थ्यो। अहिले दाना, चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका छन्।” यो समस्या विकासको मात्रै होइन, कुस्मीशेराका अन्य किसानको पनि समस्या हो। वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा लाग्नुभएका पौडेलसँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले व्यावसायिक रूपमा पालेका गाईको सङ्ख्या घटाउने र वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। “बिहान तीन लिटर दूध दि
पाल्पाका मतदाताले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्डलाई सुधार गर्न माग गरेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरू चुनावी प्रचारका लागि घरदैलो आएको मौकामा मतदाताले यस्तो माग गरेका हुन् ।
पाल्पाको पश्चिम भेगको वैकल्पिक सकडमार्गका रूपमा रहेको सुँगुरेढुङ्गा–नेपाने सडकको कालोपत्रे गर्ने काम तीव्र रूपमा अघि बढेको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४, सुँगुरेढुङ्गादेखि वडा नं. ६ को नेपानेसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको हो । समपूरक कोषअन्तर्गत सङ्घ र पालिकाको बजेटबाट सडक कालोपत्रेको काम अगाडि बढेको हो । पाल्पा रैनादेवी छहराको सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डीसम्म पुग्ने महìवपूर्ण सडकका रूपमा रहेको यो सडकखण्डको स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवार समृद्धिका आश्वासन बाँडेर जनतासँग मत माग्न घरदैलो गरिरहेका छन्। गाउँटोलमा चुनावी रौनक बढेको छ। तर वीरेन्द्रनगर –११ झुप्रामा रहेको शान्तिपुर बस्तीमा भने चुनावी रौकनभन्दा पनि बिहान साँझ कसरी छाक टार्ने भन्ने पिरलो छ।