सर्वोच्च अदालतले ‘नो नट अगेन’सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकलाई प्रतिस्पर्धी बनाइने बताउनुभएको छ । सबै नागरिक सक्षम र प्रतिस्पर्धी भएमा आरक्षणको पनि आवश्यकता नहुने उहाँको भनाइ छ ।
भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्ल्यान्ड आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एडिलेड ओभल मैदानमा भएको खेलमा इङ्ल्यान्डलाई जिताउन ओपनर एलेक्स हेल्स र जो जस बटलरले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।
जनता समाजवादी पार्टी, नेपालका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले प्रदेशका विभिन्न तह र तप्कामा रहेका दुई सयभन्दा बढी नेता कार्यकर्तासहित पार्टी परित्याग गरेको बताउनु भएको छ। झापाको दमकमा बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो।
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रूपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।
सत्तारुढ गठबन्धनमा आबद्ध दलको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बू र निवर्तमान सांसद नेकपा (एमाले)का घनश्याम खतिवडा तेस्रो पटक प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
कात्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विकास अलपत्र परेकाले उम्मेदवार बनेको बताउनुभयो।
साबिक विजेता फ्रान्सले कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खेलाडी टोलीको घोषणा गरेको छ । फ्रान्सले बुधबार राति २५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो ।
सल्यानमा ट्याक्टु दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका १० रजेखोलाबाट थापाचौर जाँदै गरेको रा १ त १६९० नम्बरको ट्याक्टर रजेखोलामा दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।