गण्डकी प्रदेशमा प्रमुख राजनीतिक पार्टीका १५ जना उम्मेदवारले आफैँलाई मत हाल्न पाउने छैनन्। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेकाले मत हाल्न नपाउने भएका हुन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि चितवनबाट उम्मेदवारी दिनुभएको थियो। अहिले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ।
बाँके जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठूलै छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी एकाइमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा गत साता बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
कैलाली–२ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन र एमालेका उम्मेदवार विरासत जोगाउन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई गठबन्धन र एमालेका उम्मेदवारको विरासत भत्काउने गरी प्रतिस्पर्धा छन् ।
अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। गायिका दीक्षा जे थापा र गायक एसडी योगीको स्वर रहेको गीतमा हर्क साउदको शब्दरचना छ भने एसडी योगीले सङ्गीत भर्नुभएको छ।
चलचित्र फूलबारीको ‘फस्र्ट लुक’ पोस्टर सार्वजनिक गरिएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्र आगामी फागुन ५ बाट प्रदर्शनमा आउँदै छ।
सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीको किनारमा लागेको तन्त्र मेला सकिएको छ। कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ प्रत्येक वर्ष यहाँ मेला लाग्ने गर्छ। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुरलगायत जिल्लाबाट लाखौँ मानिसले कमला नदीमा स्नान गर्छन्। यो मेलालाई स्थानीयले भूत मेला भन्ने गर्छन्।
सर्लाहीको क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। पाँचदलीय सत्ता गठबन्धन र नेपाल कम्युनिस्ट पार्टी एमाले–जनता समाजवादी पार्टी गठबन्धन र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रयोग हुने सामग्री मुख्य निर्वाचन कार्यालयका आइपुगेको छ । मतदान केन्द्रमा आवश्यक पर्ने ६१ प्रकारका सामग्रीहरू आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा ‘रङ उत्सव थ्री’ शीर्षकमा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। आयोजक संस्था शिवारङ्गले यसअघि दुई पटक रङ उत्सव शीर्षकमा कला प्रदर्शनी आयोजना गरिसकेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नुपर्ने ऋण र दायित्वको साँवा, ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।
दाङको बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीका दलबहादुर खत्रीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । दस वर्षअघि दाजुहरू हिमराज खत्री र एनुराज खत्रीसँग मिलेर सुरु गरेको लेकाली बाख्रापालन तथा दाना उद्योगमा अहिले साना, ठूला २१० बाख्रा छन् । दुई वर्षअघिदेखि उहाँ एक्लै यो व्यवसाय चलाउँदै आउनुभएको छ ।
नेपाली बीमा क्षेत्रको नियामक निकायका रूपमा बीमा समितिले कार्य गरिरहेको थियो । ऐनअनुसार नै स्थापनापछि लामो समय बीमा समितिले नेपालको बीमा क्षेत्रको संस्थागत योगदान पु¥याइरहेको हो । संसद्बाट बीमा ऐन २०७९ ले बीमा क्षेत्रको संस्थागत र संरचनागत सुधारका धेरै क्षेत्रलाई समेटेको छ । ऐन कार्यान्वयन भएसँगै बीमा समिति खारेज भएर नेपाल बीमा प्राधिकरण अस्तित्वमा आएको छ । बीमा ऐन यही मङ्गलबारदेखि कार्यान्वयनमा आएपछि बीमा प्राधिकरण समस्त बीमा क्षेत्रको नियामक निकाय भएको छ । ऐनले प्राधिकरणलाई अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित सङ्गठित संस्था मानेको छ । संस्थागत कानुनी व्यक्तिकै हैसियत प्रदानसँगै विभिन्न अधिकार तथा जिम्मेवारीको दायित्व बीमा प्राधिकरणमा आउनु स्वाभाविक हो ।
अघिल्लो चार वर्ष अमेरिकी मिडियाले ‘फेक मिडिया’ को उपाधि पाए। सायद विश्वको शक्ति सम्पन्न देश अमेरिका र त्यहाँका पनि राष्ट्रपतिले नै प्रयोगमा ल्याएकाले होला यो वाक्यांश संसारमा नै प्रयोगमा आयो। खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वाक्यांशको प्रयोग गर्नुभएको थियो, अमेरिकी मिडियाहरूका लागि। उहाँले नै अमेरिकाका सबै (एकाधबाहेक) का मिडियालाई यो नामले बोलाउनुहुन्थ्यो। भाषण गर्न गयो कि उहाँले ‘फेक’ मिडियाबाट सुरु गर्नुहुन्थ्यो। पछि पछि त उहाँले फेक मिडिया अवार्ड नै स्थापना गरेको घोषणा पनि गर्नुभयो। र जसले बढीभन्दा बढी फेक (गलत समाचार) सम्प्रेषण गर्न सक्छ उसैलाई सो अवार्ड दिने घोषणा पनि गर्नुभएको थियो।
गुणस्तरीय शिक्षाको गुणस्तर सार्वजनिक वृत्तमा ठूलो बहसको विषय बन्दै आएको छ। यो विषयले नीति, निर्माता, राजनीतिज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी र आमजनमानसमा ठूलो चिन्ता बढाएको छ। लोकतान्त्रिक मुलुकमा सार्वजनिक शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्छ तर त्यसो हुन सकेको छैन। शिक्षाको सुधारका नाममा प्रयोग भइरहने गुणस्तरीय शिक्षाको कहिल्यै सम्मान हुन सकेन। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिबाट मात्रै चेतनाको स्तर बढ्नेछ र लोकतन्त्र पनि सुदृढ हुनेछ।