• ९ चैत २०८२, सोमबार

दुई गोठमा आगलागी

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत, ९ गते । गुल्मीमा दुई गोठमा आगलागी भएको छ । यस जिल्लाको रुरु गाउँपालिका वडा नम्बर-४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कच्चि काठले बारेको टिनले छाएको एक तले गोठमा दाना पकाउने क्रममा अचानक आगलागी हुँदा सोमबार गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गोठमा रहेको दाना र काठ समेत जलेर नष्ट भएको छ । गोठमा लागेको आगोले सोही स्थानका गिरिप्रसाद श्रेष्ठको सँगै सटेको घरको पालीको भागमा सामान्य क्षति भएको हो । मानवीय तथा चौपाया भने क्षति नभएको जनाइएको छ । 

त्यसैगरी चन्द्रकोट गाउँपालिका वडा नम्बर-८ का ज्ञानेश्वर गौतमको गोठमा पनि आगलागी भएको छ । ढुङ्गा माटोले बनेको एक तले कच्ची गोठमा अचानक आगलागी भएको हो । आगलागीबाट उक्त गोठमा रहेको अन्दाजी ३० भारी खर र गोठको छानो जलेर नष्ट भएको छ । 

मानवीय तथा पशुचौपाय क्षति भएको छैन । दुवै गोठमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर सारुले जानकारी दिनुभयो ।