काठमाडौं, कात्तिक २३ गते । बलिउड अभिनेत्री करिना कपुर, कृति सेनन र तब्बु नयाँ फिल्म ‘द क्रु’ मा एकसाथ देखिने भएका छन् । हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जालमा फिल्मको पोष्ट सेयर गर्दै रियाले लेख्नुभएको छ, "तीन वर्षदेखि देखेको सपना र योजनापछि एकता कपूरसँगको हाम्रो यस सपनालाई कलाकाररतमाझ ल्याउनेछौँ । तब्बु, करीना कपूर खान र कृति सेनन अभिनीत फिल्म 'द क्रु' को सुटिङ फेब्रुअरी २०२३ बाट सुरु हुनेछ । यसलाई राजेश कृष्णनले निर्देशन गर्नेछन् । फिल्म निधि मेहरा र मेहुल सुरीले लेखेका हुन् ।"यससँगै रिया कपुरले पनि फिल्मको छायाङ्कन २०२३ को फेब्रुअरीबाट सुरु हुने पनि जानकारी दिनुभएको हो ।
भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
पाल्पाको रैनादेवी छहरामा युवाहरुले किसानलाई खेतमै गएर मतदाता शिक्षा दिने र धान काट्न सहयोग गर्ने गरेका छन् । कतिपयलाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ भए पनि किसानहरु अनाज स्याहार्न व्यस्त छन् ।
निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं, कात्तिक २३ गते । अभिनेत्री उपासना सिंह ठकुरी एक विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को गीत ‘चार घण्टा कुराएर’ मा उहाँले लगाउनुभएको पहिरनका कारण उहाँ विवादमा तानिनुभएको हो ।उपासनाले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयम्भू मन्दिरको चित्र छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना भइरहेको छ । भक्तपुरको दरबारमा छायाङ्कन गरिएको गीतमा उहाँलाई यस पहिरनमा अभिनेता आर्यन सिग्देलसँग देख्न सकिन्छ ।पुसको १५ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा आर्यन सिग्देल र उपासना मुख्य भूमिकामा हुनुहुन्छ ।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपियाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रवारबाट सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवन निषेध गरेको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बिहानदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज गोष्ठी आयोजना गरिएको हो ।
व्यास नगरपालिका –१ खकौलीमा ट्याक्टरले बारी जोत्ने क्रममा २८ वर्षीय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोत्नेक्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस पटक कैदीबन्दीका लागि कारागारमा मतदान गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सबै कारागार कार्यालयमा निर्वाचन मतदान केन्द्र बनाउने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको खबरले स्तव्ध भएको बताउनुभएको छ ।
तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ ।
रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले गए राति डोटीको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म पर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
नेपालका विविध जातजातिमध्ये पर्दछ चिडीमार। वि.सं २०५८ को राष्ट्रिय जनगणनाअनुसार मुलुकमा रहेका एक सय एक जातिमध्ये चिडीमार ७०औँ बढी जनसङ्ख्या भएको जाति हो, त्यतिबेला यसको सङ्ख्या १२ हजार २९६ थियो। तर २०६८ सालको जनगणनामा यस जातिको कुल सङ्ख्या एक हजार २५४ मात्र देखाइएकाले एक दशकमा चिडीमारको सङ्ख्या कुन गतिले घटेको होला र भन्ने प्रश्न उठ्छ।