• १६ भदौ २०८१, आइतबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक २३ गते । व्यास नगरपालिका –१ खकौलीमा ट्याक्टरले बारी जोत्ने क्रममा २८ वर्षीय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ । बारी जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुुसार बिहान ९ बजे ट्याक्टरबाट लडेर घाइते भएपछि जिल्ला अस्पताल दमौलीमा उपचारका लागि लगिए लगत्तै दरैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।