• १३ साउन २०८१, आइतबार

डोटी भूकम्प

गम्भीर घाइतेलाई थप उपचारका लागि धनगढी लगियो

blog

भूकम्पले घर भत्किँदा गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी लगिँदै । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह 

सिलगढी कात्तिक २३ गते । भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । 

डोटी जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीका अनुसार जिल्ला अस्पताल डोटीमा उपचार हुन नसकेपछि ४२ वर्षीया चन्द्रा बोहरा र ५० वर्षीया बिस्ना बोहरालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । भूकम्पमा परी घाइते तीन जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । 

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र रहेको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेहरूमा   ४ जना बालबालिका छन् । 

५० वर्षीय प्रेम बोहरा र उहाँकी छोरी १४ वर्षीया तुलसी बोहरा, ४० वर्षीया भगवती बोहरा,  छोरा ८ वर्षीय हर्क बोहरा, १३ वर्षीया छोरी सीता बोहरा र १४ वर्षीया धनसरी बोहरा रहनुभएको छ ।