• १३ साउन २०८१, आइतबार

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी

blog

अविनाश चौधरी

धनगढी, कात्तिक २३ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बिहानदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज गोष्ठी आयोजना गरिएको हो । 

एकदिने गोष्ठीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो । गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा जारी गोष्ठीमा सबै तहका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता छ ।