शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वासुलिङ बैतडी, वैशाख ९ गते । बैतडीका एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् ।
उहाँ दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको हो । बोहरा सोही स्थानस्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आउनुभएको थियो ।
बेपत्ता बोहराको खोजीका लागि नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।