शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अमृतप्रसाद पौडेल
म्याग्दी, बैशाख ९ गते । बेनी नगरपालिका –३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार मंगलबार राति सामुदायिक वनमा पुगेका बेनी नगरपालिका –६ का २० वर्षिय सुदिप किसानको लडेर मृत्यु भएको हो ।
रातिको समयमा लडेको र प्रहरीले खबर पाउनासाथ घटनास्थल पुगेर सवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा पठाइएको प्रहरीले जनाएको छ । प्रनाउ थापाका अनुसार घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।