• ९ वैशाख २०८३, बुधबार

ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण हुँदै

blog

निर्माण हुने ज्येष्ठ नागरिक विश्राम स्थल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख ९ गते ।
मकवानपुरको हेटौँडामा ज्येष्ठ नागरिकका लागि विश्राम स्थल निर्माण कार्य सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ अन्तर्गत लोकतान्त्रिक चौर (हुप्रा) मा उक्त संरचना निर्माण गर्न थालिएको हो ।

४ नं. वडाध्यक्ष नवीन सिग्देलका अनुसार चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित १८ लाख रुपियाँ बजेटमा निर्माण भइरहेको विश्रामस्थलको काम सुरु भइसकेको छ र एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।

हुप्राचौरमा बिहान, दिउँसो तथा साँझको समयमा ज्येष्ठ नागरिकहरू भेला भइ बस्ने, कुराकानी गर्ने तथा घाम ताप्ने गर्दछन् । यस्तो गतिविधिलाई सहज बनाउन तथा घाम, हुरी–बतासबाट जोगिनका लागि विश्राम स्थल उपयोगी हुने विश्वास गरिएको छ ।

यस्तै चौरमा बालबालिका खेल्ने, व्यायाम गर्ने तथा दौडनेहरूको पनि बाक्लो उपस्थिति रहने गरेको छ । तर खुला चौरभित्र विभिन्न भौतिक संरचना निर्माण हुँदै जाँदा चौर खुम्चिँदै गएकोप्रति स्थानीयवासीले गुनासो गरेका छन् । हुप्रा चौरमा दैनिक सयौँको सङ्ख्यामा मानिसहरु आउने गरेका छन् ।