आउँदो शनिबारदेखि दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अङ्ग प्रत्यारोपण समाज नेपालको संयुक्त अयोजनामा हुन लागेको हो ।
महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।
राजदेवी नगरपालिका वडा नं. ९ का ५९ वर्षीय वीरेन्द्र सिंह पछिल्लो ३० वर्षदेखि दैनिक रूपमा डुङ्गामा मोटरसाइकल राखेर वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालय सेढवा ओहोरदोहोर गर्नुहुन्छ । सिंह पेसाले शिक्षक हुनुहुन्छ । राजदेवी नपाको वडा नं. ९ ब्रम्हपुरी र वडा नं. ६ सेढवालाई बागमती नदीले छुट्याएको छ । नदी पूर्वका पाँच हजार व्यक्ति रौतहटबाट अलग्गिएको महसुस गर्दै आएका छन् ।
धनकुटा जिल्लाको प्रदेश सभा (क) निर्वाचनमा पूर्व तीन सहकर्मी अहिले फरक फरक दलबाट निर्वाचनमा होमिएका छन् र उनीहरू नै मुख्य प्रतिस्पर्धी देखिएका छन्। प्रतिस्पर्धी उम्मेदवारहरू नेपाल कम्युनिस्ट पार्टी एमालेका धनकुटा सचिव निरन राई, सत्तापक्षीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ एक समय नेकपा एमालेबाट राजनीति गर्नुहुन्थ्यो। अशोक राईको नेतृत्वमा एमाले फुट्दा रकम चेम्जोङ
चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको उम्मेदवारीले परिवारमै विभाजन ल्याएको छ । सङ्घीयता लागू भएपछि मतदान गर्न थालेका केही युवा तीन दशकदेखि सत्तामा रहेका ठूला राजनीतिक दलहरूप्रति निराश भएर आफ्नो प्रतिनिधिका रूपमा नयाँ उम्मेदवार चाहेका देखिन्छन् तर पुराना पुस्ताले नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता राजनीतिक दलहरूप्रति आफ्नो बफादारी देखाएका छन् । विभाजनको मुख्य कारण पनि यही बनेको छ ।
म्याग्दीको दुर्गम बस्ती धवलागिरि गाउँपालिका ४ मुदीको बगरा गाउँमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान स्थल तोकिएपछि बगरा र सिमकोसका स्थानीयवासी खुसी भएका छन् । मतदान स्थल कायम भएसँगै मतदान गर्न एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । मतदान गर्न घण्टौँ हिँडेर टाढा जानुपर्ने भएकाले यसअघिका निर्वाचनहरूमा यहाँका मतदाता मतदान गर्नबाट वञ्चित हुँदै आएका थिए ।
पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर आउनुभएको थियो। उहाँ घर आउनुअघि नै परिवारमा नयाँ घर बनाउने सल्लाह भएको तर घर नबन्दै भूकम्पका कारण पुरानो घर भत्किँदा च्यापिएर उहाँको निधन भयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चद्वारा प्रदान गरेको अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लूपीएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले ब्याज वृद्धि र चालू पुँजीसम्बन्धी मार्गदर्शनविरुद्ध भइरहेको विरोध र आन्दोलन स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासङ्घले भनेको छ, ‘यही मङ्सिर ४ गते प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगित गर्न महासङ्घ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ ।’
“मतदानमा नयाँ व्यवस्था गरिएका कारण यस पटक बदर मत सङ्ख्या घट्नेछ,” विराटनगर–१०, तीनटोलियाका सुफल रायले ढुक्कसाथ भन्नुभयो । एउटा मतपत्रमा एक व्यक्ति वा दललाई मात्र मतदान गर्नुपर्ने व्यवस्थाले विगतको जस्तो बदर मतको समस्या अब नहुने उहाँको बुझाइ छ ।
प्रजातन्त्र स्थापनाका लागि जीवन समर्पण गर्नुभएका लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्ती बिहीबार मनाइँदै छ । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको यट्खाटोलमा जन्मनुभएका सिंह २००७ सालमा राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो भने २०१७ सालपछिको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि उहाँको उत्तिकै सशक्त नेतृत्व रहेको थियो ।
प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।
पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेसी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ।