तानसेन, कात्तिक २४ गते । महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ ।
नगरपालिकाको वडा नं ११ मा अकबरे खुर्सानीको अचार बनाउने तालिम दिएको हो । लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महिलालाई व्यवसायी तालिम दिएर आत्मनिर्भर बनाउन सकिने भएकाले विभिन्न सङ्घ सस्ताहरूसँग सहकार्य गरेर तालिम सञ्चालन गरिएको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो ।
तानसेन नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामीण विकास सङ्घ रेडाको समन्वयमा दुई दिने अकबरे खुर्सानीको तालिममा ५० जना महिलाको सहभागिता रहेको वडा अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो ।