• १० वैशाख २०८३, बिहिबार

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १० गते।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक बिहीबार बिहान ११ः३० बजे बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचीमा समावेश गरिएको छ।

त्यसैगरी, सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।