राष्ट्रपति विद्यादेवी भण्डारीले समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ ।
काठमाडौं, कात्तिक २४ गते । रिस्ता बस्नेतको अभिनय रहेको चलचित्र ‘पासो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । मङ्सिर १६ गते चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको आधिकारिक पोस्टर पनि सार्वजनिक गरिएको हो ।'बीआर इन्टरटेन्मेन्ट प्रालि'को ब्यानरमा निर्माण भएको चलचित्रमा आरबी पुनको लेखन तथा निर्देशन र भगवान भुजेलले निर्माण रहेको छ । चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुङ्गाना, सरस्वती गुरुङ सहनिर्माताका रुपमा हुनुहुन्छ । यस्तै, चलचित्रमा रिस्तासहित, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको अभिनय देख्न सकिन्छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शामखानी र रूसी महासङ्सघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभबीच युक्रेन सङ्कटबारे छलफल भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिनुभएको छ ।
विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्याली गरिएको छ । बिहीबार काठमाडौंको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्याली गरिएको हो ।
मनसुनी प्रणाली नेपालबाट बाहिरिएसँगै मौसम सफा भए पनि चिसो भने दैनिक रूपमा बढ्दै गएको जल तथा मौसमविज्ञान विभागको तथ्याङ्क छ । यो साता मुस्ताङको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन भयो । यता काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेर ११.४ डिग्री सेल्सियसमा झरेको छ । दुई साताकै अन्तरमा तापक्रम ३ डिग्री सेल्सियससम्म अन्तर भएपछि चिसो दैनिक रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ ।
बुधवार गएको भूकम्पका कारण बाजुरामा चौध वटा घरका छाना पूर्णरुपमा भत्किएका छन् ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सुर्खेतका १० वटा मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ। विशेषगरी वीरेन्द्रनगर उपत्यकाभित्रका १० वटा निर्वाचन केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार नगरपालिकाभित्रका १० वटा मतदान केन्द्रलाई अपाङ्ग महासङ्घको समन्वयमा अपाङ्गतामैत्री बनाइने भएको हो।
निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलका झन्डा र निर्वाचन चिह्नले टीकापुरबाट गाउँ जाने मुख्य सडक, चोक, चौराहा रङ्गिएका छन्। आचारसंहिताविपरीतको प्रचार सामग्रीले दलको खर्चसमेत बढेको छ। राजनीतिक दलले सम्पर्क कार्यालयबाहेकका स्थानमा झन्डा, ब्यानर, चिह्न राख्न नपाउने आचारसंहिताले व्यवस्था गरेको छ। कैलाली क्षेत्र नम्बर १ मा पर्ने जानकी गाउँपालिका–७, चिलमचौराहास्थित बजारका पसलमा राजनीतिक दलका झन्डा र पर्चा टाँसिएपछि व्यापारीलाई तनाव भएको छ।
सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं. २ का नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङ, प्रदेश सभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमानसिंह तामाङ किसानका खेतमा पुगेर धान झार्न थाल्नुभएको छ। घरदैलो अभियानमा मतदाता नभेटिएपछि खेतबारीमै पुगेर तामाङले भोट माग्न थाल्नुभएको हो।
सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो। लोकगायक कृष्णविक्रम थापाले विक्रम संवत् २०३६ मा यो गीत गाउँदा सिन्धुलीगढीदरबारको सुन्दरता जति वर्णन गर्नलायक थियो, त्यसपछि भग्नावशेषमा परिणत उक्त दरबारको पुनर्निर्माणसँगै पुरानै शैलीमा फर्किंदै गएको छ।
यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वतयारीसँगै गुल्मीका सबै पालिकामा नमुना मतदान गरिएको छ। दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ। कात्तिक ५ देखि १७ गतेसम्म यहाँका सबै (१२ वटा) पालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।
निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेको छैन। सामाजिक सुरक्षा भत्ता लिन सहर तथा बैङ्क भएको स्थानमा जानुपर्ने बाध्यताले दुःख पाउने गरेका छन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकहरूले दिनभरि पैदल हिँडेर बजारमा रहेको बैङ्कसम्म पुग्नुपर्ने बाध्यता छ।
एकमात्रै प्रतिनिधि सभा एवं दुइटा प्रदेश सभा सदस्यहरूको निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।