• १६ भदौ २०८१, आइतबार

भोट माग्न खेतबारीमा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, कात्तिक २४ गते । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं. २ का नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङ, प्रदेश सभा क्षेत्र नं. १ का एमाले उम्मेदवार अमानसिंह तामाङ किसानका खेतमा पुगेर धान झार्न थाल्नुभएको छ। घरदैलो अभियानमा मतदाता नभेटिएपछि खेतबारीमै पुगेर तामाङले भोट माग्न थाल्नुभएको हो।

सिन्धुपाल्चोकका किसानहरू अहिले बिहानदेखि बेलुकीसम्म खेतबारीमा धान झार्ने, कोदो टिप्ने, आलु रोप्न खनजोत गर्ने र आलु लगाउनेलगायतका काममा किसान खेतबारीमा व्यस्त हुने गरेका छन्। उम्मेदवारहरू कार्यकर्तासहित किसानका खेतमा पुगेर केही समय काम सघाउँदै किसानसँग भोट माग्ने गरेका छन्। मतदाता घरमा नभेटिएपछि खेतबारीमै पुगेर काममा सघाउँदै भोट मागेको एमाले उम्मेदवार शेरबहादुर तामाङले जानकारी दिनुभयो।