मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठक सुरुभएको छ । भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न अधिकारीहरुबीच छलफल सुरुभएको अधिकारीहरूको भनाइ छ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई सबल प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ ।
आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशीष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि अधिकार र अवसरबाट वञ्चित नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
न्युजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार २४९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन हराउन गठबन्धन बनाएको बताउनुभएको छ।
बुधबार नाम्खा गाउँपालिका –५ यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ कर्मचारी खटिने भएका छन् ।
डोटी भूकम्पका घाइतेको उद्धारमा नेपाली सेना खटिएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका ३ स्थित गैरागाउँमा पुगेर सेनाले मृतक ६ जनाको शव निकालेको हो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्लालाई दुई वर्षभित्रमा अँध्यारोमुक्त बनाउने बताउनुभएको छ।
उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।
फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुर्व्यवहार भएका स्वीकार गरेको छ ।