• १३ साउन २०८१, आइतबार

प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ : अध्यक्ष दाहाल

blog

बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सभामा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत । तस्बिर : दाहालको निजी सचिवालय

दार्चुला, कात्तिक २३ गते। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले  प्रतिगमन हराउन गठबन्धन बनाएको बताउनुभएको छ। बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो। 

भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो। “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ।”

आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको दाहालले बताउनुभयो। उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो। पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष दाहालको भनाइ थियो। चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँगै अध्यक्ष दाहाल दार्चुला पुग्नुभएको हो।


यो पनि पढ्नुहोस

सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ। उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहनुभएको छ।