नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गर्नुभयो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गर्नुभएको छ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिदाइ गर्नुभएको छ।
निर्वाचन आयोगले अस्थायी मतदाताले मतदान गर्ने गरी १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ।
झापा क्षेत्र नं २ मा यतिबेला चुनावी माहोल तातेको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै परिणाम आ–आफ्नो पक्षमा पार्न दलीय तथा स्वतन्त्र उम्मेदवारको चुनावी गतिविधिले यो क्षेत्रको चुनावी माहोल तातेको हो।
प्रेस काउन्सिल नेपालले निर्वाचनलक्षित मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार बनाउँदा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ ।
सप्तरीको तिलाठी कोइलाडी वडा – ८ का गीता मरिकले आफूहरूले गर्दैआएको रोजगारी र श्रमको मूल्य बढाइदिने नेतालाई भोट दिने बताउनुभयो । सप्तरीमा डोम समुदायले सरसफाइ लगायत बाँसको ढकी, पङ्खा, कोनिया बनाएर विक्री गरेर आयआर्जन गरी परिवार चलाउँछन् ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मुलुक र जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गर्नुभएको छ।
काठमाडौं, कात्तिक २३ गते। बिहीबार दिउँसो काठमाडौंको तीनकुनेस्थित बागमती करिडोरमा खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। खानेपानीको पाइप फुटेर बगेको पानीका कारण सवारी साधन र पैदल यात्रुलाई हिँडडुल गर्नसमेत सकस भएको थियो। तस्बिर : सागर बस्नेत
विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालको अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘विज्ञान कूटनीति’ विषयक छलफल कार्यक्रममा विज्ञले सो कुरा बताउनुभएको हो ।
नेपालको औषधि उत्पादक कम्पनी टिजिग फर्माबाट उत्पादित क्यान्सर विरुद्धको औषधिको विदेशमा माग बढ्दै गएको छ।
एक प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र भएको बझाङमा नेकपा (एमाले ) का केन्द्रीय सदस्य ऐनबहादुर महर र नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीबीच रोचक भिडन्त हुने देखिएको छ ।
बाजुराका बाढीपहिरो पीडितले उम्मेदवारलाई घरबासको व्यवस्था गरेपछि मात्र भोट दिने बताएका छन्।
मोरङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेपाली काङ्ग्रेसका महासमिति सदस्य मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मनोनयन दर्ता गराएका काङ्ग्रेस उम्मेदवार एवम् प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको बुधबार मृत्यु भएको थियो ।