इनरुवा, कात्तिक २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा आफूलाई अत्यधिक मतले विजयी गराउनका लागि मतदाता समक्ष आग्रह गर्नुभएको छ।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मन्त्री कार्कीले भन्नुभयो, “२०७४ को निर्वाचनमा पाँच हजारभन्दा बढी मतले विजयी गराउनुभएको थियो, यसपटक त्योभन्दा पनि बढी मतान्तरले विजयी गराउनु हुन आग्रह गर्दछु।”
सुनसरीको कोसी गाउँपालिकामा आज आयोजित चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले स्थानीय तहको मतभारका आधारमा गठबन्धन १० हजारभन्दा बढी मतले अगाडि रहेको बताउनुभयो। रासस