टीकापुर सामुदायिक पुस्तकालयमा नियमित पुस्तक पढ्न आउने पाठक महिनैपिच्छे नगद पुरस्कार पाउने भएका छन् । पछिल्ला वर्षमा पुस्तक पढने पाठकको सङ्ख्या घट्दै गएपछि पाठकको रुचि बढाउन पाठकलाई पुरस्कृत गरिन लागेको हो ।
त्रिभुवन विश्वविद्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा विभिन्न क्याम्पस प्रयोग भएपछि मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ।
अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गर्नु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धरानको खानेपानीसहित अन्य समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ । समस्या समाधानमा एमाले सक्षम रहेको उहाँको भनाइ छ ।
अभिनेत्री मनीषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनु भएको छ ।
पुस १४ देखि १६ गतेसम्म तीन दिन मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ।
नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था निरीक्षणको क्रममा प्रधान सेनापति शर्माले शुक्रबार गोरखनाथ गणको निरीक्षण भ्रमण गर्नुभएको हो ।
नाबालिकामाथि यौन दुर्व्यवहारको मुद्दामा थुनामा रहेका पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा आज पुनरावेदन दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनु भएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो।
विहार सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो ।
पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकार गम्भीर नहुँदा आयोगहरुले सिफारिस गरेका विषय कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । थारु आयोगको चौथो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताउनुभएको हो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा एक हजार ६३२ कर्मचारी खटिने भएका छन्