• १२ असोज २०८१, शनिबार

‘यो गठबन्धन ‘सलाद’ जस्तै हो’

गठबन्धन निरन्तर टिकाएर जान्छौं : महामन्त्री शर्मा

blog

झापाको क्षेत्र नम्बर ३ अन्तर्गत झापाको भद्रपुरमा शुक्रबार भएको लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । तस्बिर : विष्णु पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २५ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु गठबन्धन निरन्तर टिकाएर लैजाने पक्षमा रहेको बताउनुभएको छ। उहाँले सबै एकै ठाँउमा र एउटै दलमा आउन नसक्ने अवस्था भएकाले गठबन्धन आवश्यक भएको प्रष्ट पार्नुभयो। 

झापाको क्षेत्र नम्बर ३ अन्तर्गत झापाको भद्रपुरमा शुक्रबार भएको लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुहुँदै शर्माले यो गठबन्धन ‘सलाद’ जस्तै भएको बताउनुभयो। ‘एउटै ‘प्लेटमा’  गाँजर, मुला, टमाटर, प्याजलगायतका चिज बनेर सलाद बनेको हुन्छ र त्यसको आफ्नै मिठास हुन्छ,’ शर्माले भन्नुभयो।

निर्वाचनपछि जसको नेतृत्वमा सरकार बने पनि अन्य राजनीतिक दलले सरकारको खबरदारी गरिरहने भन्दै शर्माले जनताको अवस्था परिवर्तनका लागि गठबन्धन जरुरी भएकाले गठबन्धन बनाएर निर्वाचनमा जानुपरेको उहाँको भनाइ छ। ‘माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो भने पनि हामी सकारात्मक खबरदारी गर्छौ र दलहरुले यो गर्नुपर्छ’, उहाँले भन्नुभयो। 

झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वारसमेत रहनुभएका कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णपप्रसाद सिटौलाले संविधान कार्यन्वयनसँगै मुलुकको भविष्य बनाउन नेपाली कांग्रेससहित गठबन्धनका उम्मेद्वारको जित आवश्यक भएको बताउनुभएको छ।

सिटौलाले चितामा पुगिसकेको राजतन्त्र पुनः नउठ्ने भन्दै राजतन्त्रको विषयमा वकालत गर्नु संविधानको मर्म विपरीत भएको जनाउनुभएको छ। ‘वर्तमान संवैधानिक व्यवस्था बमोजिम राज्यबाट सुविधा लिने तर यही व्यवस्थाको विरोध गर्ने कार्यलाई जनताले स्वीकार्नुहुँदैन’, सिटौलाले भन्नुभयो।

बलिदानीपूर्वक ल्याइएको तथा जारी भएको संविधानको मर्म र भावना बुझ्ने कांग्रेस नेतृत्वको गठबन्धनको विकल्प नभएको उहाँले प्रष्ट पार्नुभयो।