• १६ भदौ २०८१, आइतबार

निर्वाचन व्यवस्थित बनाउन आयुक्त तुलाधरको निर्देशन

blog

तनहुँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन गर्नुहुँदै आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधर । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, मङ्सिर २३ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

तनहुँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमनको क्रममा उहाँले निर्वाचनलाई व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

आयुक्त तुलाधर र सहसचिव तुलसीबहादुर श्रेष्ठ तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय अनुगमन गरी निर्वाचनलाई व्यवस्थित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको आयोगले जनाएको छ ।