• ९ चैत २०८२, सोमबार

‘नो नट अगेन’सम्बन्धी रिटमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २४ गते । सर्वोच्च अदालतले ‘नो नट अगेन’सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

यसअघि आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशलाई बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले निरन्तरता दिएको हो । सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस