• १९ असोज २०८१, शनिबार

‘नो नट अगेन’ सम्बन्धी रिटमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

blog

काठमाडौं, कात्तिक २० गते । ‘नो नट अगेन’सम्बन्धी दायर रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिटमा न्यायाधीश फुयाँलको इजलासले कारण देखाऊ आदेशमार्फत दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सामाजिक सञ्जालको पेज ‘नो नट अगेन’लगायतका पेजलाई बन्देज लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।