• ८ मंसिर २०८१, शनिबार

नेपालले पाकिस्तानविरुद्ध रोहितको कप्तानीमा खेल्ने

blog

तस्बिर : रोहित चन्दको फेसबुकबाट ।

काठमाडौं, कात्तिक २६ गते । दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्नुहुने भएको छ । नियमित कप्तान किरण चेम्जोङ अनुपस्थित हुने भएपछि प्रशिक्षक प्रवेश कटुवालले टोलीको कप्तानको जिम्मेवारी रोहितलाई दिन लाग्नुभएको हो ।

किरण अहिले व्यावसायिक खेलका लागि भारतमा हुनुहुन्छ । प्रशिक्षक प्रवेशले शुक्रबार मात्र रोहितको कप्तानीमा २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको छ । नेपाली टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु हुनुहुन्छ ।

यसैगरी रक्षकहरूमा कप्तान रोहितसहित अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का हुनुहुन्छ । मिडफिल्डरहरुमा  तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आभास लामिछाने रहनु भएको छ । यस्तै टोलीको स्ट्राइकरमा 

अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ हुनुहुन्छ । नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।