• १३ साउन २०८१, आइतबार

सुवर्ण स्मृति ग्रन्थ लोकार्पण

blog

भक्तपुर, कात्तिक २७ गते । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको स्मृति ग्रन्थको लोकार्पण गरिएको छ। सुवर्ण स्मृति परिषद्को केन्द्रीय कार्यालयद्वारा भक्तपुरमा आयोजित राणाको ४५औँ स्मृति दिवसमा सुवर्ण स्मृति ग्रन्थ लोकार्पण गरिएको हो। 

त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति नवीन प्रकाशजङ्ग शाह र परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको स्मृति ग्रन्थमा नेता राणाको जीवनका विविध आयामबारे चर्चा गरिएको छ। परिषद्का अध्यक्ष उद्धव ढुङ्गानाले नेता राणाले बन्दी जीवन बिताइरहेका थुप्रै नेतालाई आर्थिक सहयोगसमेत गरेको स्मरण गर्नुभयो।  ग्रन्थमा कांग्रेस पार्टीका संस्थापक सभापति तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालादेखि विभिन्न ५९ विशिष्ट लेखकले सुवर्णशमशेरबारे लेख्नुभएका लेख तथा उहाँसँग सम्बन्धित ऐतिहासिक पत्र तथा फोटो समावेश छन्।