• १२ असोज २०८१, शनिबार

अमेरिकी मध्य निर्वाचन: सिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णीत

blog

वासिङटन, कात्तिक २७ गते । अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ ।

नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ । सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जना मात्र छन् ।

प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ । रासस/एपी