• १२ असोज २०८१, शनिबार

मोरङको घरदैलो कार्यक्रममा सक्रिय थापा

blog

चुनावी प्रचारमा व्यस्त रेखा थापा ।

मोरङ,  कात्तिक २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रेखा थापाको  घरदैलो अभियान सक्रिय हुनुहुन्छ। 

मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार थापालाई अन्य पार्टीका समर्थक एवम् शुभचिन्तकले पनि सहयोग गर्ने बताएका छन्।

सोमबार राप्रपाको सुन्दरहरैचा– १० को घरदैलो कार्यक्रममा स्थानीय रेवन्त अधिकारीले यसअघि अन्य पार्टीका उम्मेदवारलाई भोट दिँदै आएको तर, यसपटक थापालाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

थापाको समर्थन गर्दै अधिकारीले त्यहाँका अरू स्थानीयलाई समेत नेपाली समाजमा लक्ष्मीको रूपमा लिइएको नारीले देश चलाउन सक्ने भनाइ राख्नुभयो।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात देखिएको यस क्षेत्रमा नेकपा (एमाले) बाट भानुभक्त ढकाल उम्मेदवार हुनुहुन्छ।