• १२ असोज २०८१, शनिबार

निर्वाचनसँग संलग्न निकायलाई सात बुँदे निर्देशन

blog

निर्वाचन आयोग । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते। निर्वाचन आयोगले निर्वाचनको शान्त अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री विवरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पदार्थ जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो।

समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई सात बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिनुभयो। उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन आयोग सक्षम रहेका पनि बताउनु भयो।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ।