• १२ असोज २०८१, शनिबार

इङ्ल्यान्डलाई आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि

blog

काठमाडौं, कात्तिक २७ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि इङ्गल्यान्डले जितेको छ । अष्ट्रेलिया स्थित मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो । 

जितका लागि पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्गल्यान्डले १९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । इङ्ल्यान्डको जितमा बेन स्टोक्सलेले अविजित अर्धसतकीय इनिङ्स खेल्नुभयो । 

उहाँले सर्वाधिक ५२ रन बनाउनुभयो । यस्तै कप्तान जोस बटलरले २६ रन बनाउनुभयो । हेरी ब्रोकले २०, मोयन अलीले १९ र फिल साल्टले १० रन जोड्नुभयो । बलिङमा पाकिस्तानका हरिस रफले दुई विकेट लिनुभयो । शहेन शाह अफ्रिदी, सदाव खान र मोहमद वासिमले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाउनुभयो । कप्तान बाबर आजमले ३२, सदाव खानले २० र मोहमद रिजवानले १५ रन जोड्नुभयो ।

अन्यब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न इङ्गल्यान्डका साम करनले तीन विकेट लिनुभयो । क्रिस जोर्डन र आदील राशिदले दुई दुई तथा वेन स्टोक्सले एक विकेट झार्नुभयो ।

सेमिफाइनलमा इङ्गल्यान्डले भारतमाथि १० विकेट र पाकिस्तानले न्युजिल्यान्डविरुद्ध सात विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । इङ्गल्यान्ड र पाकिस्तान ३० वर्षपछि विश्वकपको फाइनलमा भिडेका हुन् । यसअघि सन् २००९ र २०१० मा भएको विश्वकपको समूह चरणमा  इङ्गल्यान्डले पाकिस्तानलाई हराएको थियो ।