• ९ वैशाख २०८३, बुधबार

अभ्यास सिरिजमा नेपाल ‘ए’ लाओससँग पराजित

blog

रन बटुलेपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, वैशाख ९ गते । एक दिवसीय अभ्यास सिरिजमा नेपाल ‘ए’ पाहुना टोली लाओससँग पराजित भएको छ ।

काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ‘ए’ ओमानसँग ७० रनले पराजित भयो । ओमानले दिएको दुई सय ८१ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रन बनाउनुभयो । उहाँले ६२ बलमा तीन चौका प्रहार गर्नुभएको थियो । यस्तै कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । तृतराज दासले ३१, देव खनालले ४३ र सन्दीप जोराले २२ बलमा ११ रन बनाउनुभयो । 

यसअघि एक सय ८८ रनमा तीन विकेट गुमाएको नेपाल ‘ए’ ले थप २२ रन जोड्दा सात विकेट गुमाएर खराब अन्त्य गरेको थियो ।  नेपाललाई कम रनमै समेट्न ओमानका शकिल अहमदले तीन, नदिम खान र मुजिबर अलिले दुई दुई तथा होनैन अलिले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिल ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८० रनको योगफल तयार गरेको थियो ।

ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रन बनाउनुभयो । यस्तै कप्तान जितेन्दर सिंह ५८, हषिर डपादारले ४६, आशिष ओडाराले २७, विनायक शुक्लाले २५ रन, जितेन रामानन्दी ले अविजित १७ रन बनाउनुभयो ।

बलिङमा नेपाल ‘ए’ का लागि आकाश चन्दले चार तथा सन्तोष यादवले दुई र शाहब आलम, शेर मल्ल र रशिद खानले एक एक विकेट लिनुभयो। दुई टोलीबिचको दोस्रो खेल शु्क्रबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।