• १३ असोज २०८१, आइतबार

निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन (भिडियो)

blog

काठमाडौं, कात्तिक २९ गते । निर्वाचन आयोगले निर्वाचन स्थिर समयमा के गर्न पाइन्छ, के पाइँदैन भनी स्पष्ट पारेको छ । निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियोमार्फत स्थिर समयलाई स्पष्ट बनाउनु भएको छ ।

आयोगको आचारसंहिता अनुगमन समितिका केन्द्रीय संयोजक समेत रहनु भएका आयुक्त भण्डारीले १७ दिन प्रचारप्रसारका लागि समय दिएकाले त्यसपछि स्थिर समय लाग्ने र यसमा कुनै पनि कानुनले तोकेको भन्दा अन्य गतिविधि गर्न नपाइने बताउनुभयो । निर्वाचनमा स्थिर समय भनेको के हो ? यो कहिलेबाट सुरु हुन्छ ? र स्थिर समयमा के गर्न पाइन्छ, के गर्न पाइँदैन भनी स्पष्ट रूपमा भिडियोमार्फत जानकारी गराउनु भएको छ ।

कानुनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि पूर्णरूपमा निषेध गरेको छ । आयोगले मङ्सिर १ गते राति १२ बजेदेखि सम्पूर्ण प्रचारप्रसारका काम बन्द हुने भएकाले यो समयलाई स्थिर समयको रूपमा लिएको बताउनुभयो ।