शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, चैत १० गते । लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार चैत १२ गते चैते दशै (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले चैत ९ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिनुभएको हो । प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित सूचनाअनुसार उक्त दिन बिदा दिने निर्णय भएको जनाइएको छ । यस सम्बन्धमा मन्त्रालयले सरोकारवाला सबैलाई जानकारी गराएको छ ।
मन्त्रालयका कानुन अधिकृत भण्डारीद्वारा हस्ताक्षरित सूचनामा बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।