• १३ साउन २०८१, आइतबार

सत्यमोहनलाई दान्यहिरा सिरपाः

blog

ललितपुर, कात्तिक २९ गते । नेपालभाषा एकेडेमीले १८औँ दान्यहिरा सिरपाः तीनवटा विधालाई वितरण गरेको छ।

नेपालभाषा साहित्यमा योगदान पु-याएको भन्दै ‘दान्यहिरा जीवंकाछी सिरपाः’ मरणोपरान्त वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। यसैगरी ‘दान्यहिरा सङ्गीत सिरपाः’ सङ्गीतकार मनराजा नकःमि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ डा. केशरीलक्ष्मी मानन्धरलाई प्रदान गरियो। 

स्व. शताब्दीपुरुष जोशीको सम्मानपत्र तथा नगद राशि उहाँका ज्येष्ठ सुपुत्र अनुराज जोशी, माहिला सुपुत्र हेमन्त जोशी र सुपुत्री गङ्गा मुल्मीले संयुक्त रूपमा ग्रहण गर्नुभयो।