• १३ साउन २०८१, आइतबार

पर्साका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

blog

काठमाडौं, कात्तिक २९ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको सङ्ख्या शून्य  छ ।

प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा २१, २ मा ११, ३ मा ११ र ४ मा १० जना गरी ५३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तर यी  चार वटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । 

क्षेत्र नं.१
यस क्षेत्रमा १० राजनीतिक दल र ११ स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । ७७ हजार ६७९ मतदाता रहेको यस क्षेत्रमा ३४ मतदान स्थल र ८८ मतदान केन्द्र कायम गरिएको छ ।


क्षेत्र नं.२
आठ राजनीतिक दल र तीन स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । ८६ हजार ९६६ मतदाता रहेको यस क्षेत्रमा ३८ मतदान स्थल र १०३ मतदान केन्द्र कायम गरिएको छ ।


क्षेत्र नं.३
९० हजार ४३२ मतदाता रहेको यस क्षेत्रमा छ राजनीतिक दल र पाँच स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ४७ मतदान स्थल र १०९ मतदान केन्द्र छन् ।


क्षेत्र नं.४
यस क्षेत्रमा छ राजनीतिक दल र चार स्वतन्त्र गरी १० जना उम्मेदवार छन् । ४८ मतदान स्थल र ११२ मतदान केन्द्र कायम गरिएको यस क्षेत्रमा ९० हजार ८५१ जना मतदाता छन् ।


इन्फोग्राफ : निर्वाचन आयोग नेपाल