• १३ असोज २०८१, आइतबार

विदेशी लगानीको सीमा दुई करोड

blog

काठमाडौँ, कात्तिक ३० गते । सरकारले विदेशी लगानीको सीमा दुई करोड रुपियाँ बनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर लगानीको सीमा घटाएको हो। 

विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ निर्धारण गरिएको हो। साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा पाँच करोड पु-याएको सीमा घटाएर दुई करोड रुपियाँमा झारेको हो। नेपाल सरकार र गैरआवासीय नेपाली संयुक्त लगानीमा स्थापना हुने इन्भेस्टमेन्ट कम्पनीका हकमा भने यो सीमा लागू नहुने कम्पनीले जनाएको छ। 

वैदेशिक लगानीको सीमा ५० लाख रुपियाँ रहेकोमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठ ९ गते उक्त सीमा बढाएर पाँच करोड पु-याइएको थियो। साना विदेशी लगानी नचाहिने भन्दै सरकारले सीमा बढाए पनि लगानी भने आकर्षित हुन सकेको थिएन।